डोनारुमा नायक बन्दा ५३ वर्षपछि इटाली च्याम्पियन, चुक्यो इंग्ल्यान्ड

१६औं संस्करणको युरोकप फुटबलको उपाधि इटालीले जितेको छ। आइतबार राति लन्डनस्थित वेम्बली स्टेडियमा भएको फाइनलमा गोलकिपर जियानलुइजी डोनारुमा नायक बनेपछि इंग्ल्यान्डलाई पेनाल्टी सुटआटमा ३–२ले पराजित गर्दै इटाली च्याम्पियन बन्यो ।

डोनारुमाले जोर्डन सान्चो र बुकायो साकाको पोनाल्टी रोक्ने इटालीलाई ५३ वर्षपछि उपाधि दिलाए । यो उसको दोस्रो उपाधि हो। यसअघि उसले सन् १९६८मा पहिलो उपाधि जितेको थियो। इटालीले शतप्रशित जितसहित उपाधि उचाल्यो । यता, उसले आफ्नो अपराजित यात्रालाई ३४ खेलसम्म पु¥याएको छ।

यता, इंग्ल्यान्ड भने पहिलो पटक युरोकप उपाधि उचाल्नबाट बञ्चित भएको छ । र, ५५ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अवसर पनि गुमायो । उसले १९६६ मा अन्तिम पटक विश्वकप उपाधि जितेको थियो।

निर्धारित समय र एक्स्ट्रा टाइमको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीका डोमेनिको बेरार्डी, लियोनार्दोे बोनुची र फेडेरिको बेरान्डेस्कीले गोल गर्दा आन्द्रे बेलोटी र जर्जिन्होको प्रहार इटालीका किपर जोर्डन प्लिकफर्डले रोकेका थिए ।

यता, इंग्ल्यान्डका कप्तान ह्यारी केन, ह्यारी मग्वायरले मात्र गोल गर्न सके । उसका सान्चो र साकाको प्रहार इटालीका किपर डोनारुमाले रोके भने मार्कस रास्फोर्डका प्रहार पोस्टमा लागेको थियो ।

अन्त्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा सुरुआती अग्रता इटालीले लियो । दोस्रो मिनेटमा केभिन ट्रिपियरका क्रसमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । सुरुआतमै गोल गरेपछि खेलले इंग्ल्यान्डले खेलमा पडक जमाएको थियो । दुवै टिमले तिव्र गतिमा खेल्दा खेल रोमाञ्चक बनेको थिाये।

दोस्रो हाफमा भने इटालीले इंग्ल्यान्डमाथि पूर्ण दबाब बनाएको थियो । उसले ६७औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि गोल नहुँदा खेल एक्स्ट्रा समयमा गएको थियो । एक्स्ट्रा टाइममा पनि गोल नभएपनि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

Facebook Comments Box