३७ खेलपछि इटालीको अपराजित यात्रामा पूर्णविराम, इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

युरोपियन च्याम्पियन इटालीको ३७ खेल लामो अपराजित यात्रामा पूर्णविराम लागेकोछ। बुधबार राति भएको युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पनेसँग २–१ले पराजित भएसँगै इटालीको ३७ खेल लामो अपराजित यात्रामा पूर्णविराम लागेको हो।

सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली ३७ खेलमा अपराजित थियो । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमा भएको खेलमा इटालीलाई जित दिलाउन दुवै गोल फेरान टोरेसले गरे भने इटालीका लोरन्जो पेलेग्रिनीले गोल गरेका थिए।

सान सिरोमा खेलको १७औं मिनेटमा फेरान टोरेसको गोलमा स्पेनले अग्रता लियो। उनले मिकेल ओयासाबेलको पासमा गोल गरेका थिए । ४२औं मिनेटमा लियोनार्दो बोनुचीले रातो कार्ड पाएपछि इटली दबाबमा आएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा टोरेसले नै गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । उनले आयोसाबेलकै पासमा गोल गरेका थिए । इटलीका लागि फेडेरिको किएजाको पासमा पेलेग्रिनीले ८३औं मिनेटमा गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा स्पेन विजयी भयो।

इटालीविरुद्धको खेलसँगै स्पेनका मिडफिल्डर गाभीले नयाँ कीर्तिमान बनाए । १७ वर्षीय उनी राष्ट्रिय टिममा डेब्यु गर्दै स्पेनका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बने।

स्पेनले अब उपाधिका लागि फ्रान्स र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ ।

Facebook Comments Box