चेक रिपब्लिकसँग रोकियो क्रोएसिया, नकआउट सम्भावना कठीन

समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकिएपछि विश्वकप उपविजेता क्रोएसिया युरोकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। समूह डीमा रहेको क्रोएसिया शुक्रबार राति भएको खेलमा चेक रिपलब्किसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

समूहको २ खेलमा १ अंक मात्र जोड्ने सकेपछि क्रोएसियको नकआउट चरण पुग्ने सम्भावना कठीन बनेको हो। पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–०ले पराजित भएको थियो । अब उसलाई नकआट चरण पुग्न अन्तिम खेलमा स्कटल्यान्डलाई हराउनै पर्ने छ भने अरुको नतिजामा पनि भर पर्नुपर्ने छ।

यता, क्रोएसियालाई बराबरीमा रोकेपछि चेक रिपब्लिकको भने अघिल्लो चरण पुग्ने सम्भावना बलियो भएको छ । पहिलो खेलमा स्कटल्यान्डलाई २–०ले हराएके चेकका ४ अंक भएको छ।

हाम्पडेन पार्कमा भएको खेलमा सुरुआती अग्रता चेक रिपब्लिकले लियो । ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाए । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि चेक रिपब्लिकले पेनाल्टी पाएको थियो।

पहिलो हाफमा १–०ले पछि परेको क्रोएसियाले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७औं मिनेटमा इभान पेरिसिचले आन्द्रे क्रामारिचको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

Facebook Comments Box