डिफेन्डिङ च्याम्पियन अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरियो

Read Time:1 Minute

साविक विजेता अल्जेरिया क्यामरुनमा भइहरेको अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा आइभरीकोष्टसँग ३(१ ले पराजित भएपछि अल्जेरियाको उपाधि रक्षा गर्ने लक्ष्य समाप्त भयो ।

नकआउट चरण पुग्ने सम्भावना कायम राख्न अल्जेरियालाई निश्चित जित आवश्यक थियो । तर दाउलामा भएको खेलमा आइभरीकोष्टका लागि फ्रांक केसी, इब्राहिम साङ्गरे र निकोलस पेपेले गोल गर्दै ३(० को अग्रता दिलाए । अल्जेरियाले पेनाल्टी पाएपनि रियाद महारेजको प्रहार पोष्टमा लाग्यो ।

अल्जेरियाको लागि सोफियन बेन्डेब्काले सान्त्वना गोल फर्काए ।

समूह ‘ई’ मा सिएरा लियोनसँग बराबरी खेल्दै प्रतियोगिता सुरु गरेको अल्जेरिया दोस्रो खेलमा इक्वेटोरियल गिनीसँग पराजित भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जोटा चम्किँदा लिभरपुल कारबाओ कपको फाइनलमा
Next post अस्ट्रेलियाबाट आज नेपाल फर्कंदै सन्दीप
Close