विश्वकप विजेता इंग्लिस फुटबल चार्लटनको निधन

विश्वकप विजेता इंग्यान्डका लेजेन्ड फुबटलर ज्याक चार्लटनको शुक्रबार राति निधन भएको छ । सन् १९६६ को विश्वकप विजेता इंग्लिस टिमका सदस्य चार्लटनको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको हो ।

चार्लटनको परिवारले उनको निधनको पुष्टी गरेको छ । उनको शुक्रबार राति बेलायतको नार्थम्बरल्यान्डस्थित आफ्नै घरमा निधन भएको क्लब लिड्स युनाइटेडले जनाएको छ ।

परिवारको तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘उनी धेरै मानिसका साथी हुनका साथै माया गर्ने पति, पिता, बुबा र हजुरबुबा थिए । उनको असाधारण जीवनका लागि हामी कति गौरवान्वित छौं भनेर बनाय गर्न सक्दैनौं । उनी एक इमानदार, दयालु र एक असल मानिस थिए ।’

आफ्ना महान खेलाडीको निधनमा इंग्ल्यान्ड फुटबल संघ र लिड्स युनाइटेडले दुःख व्यक्त गरेका छन् । यस्तै, फुटबलका अन्य हस्तीहरु तथा वर्तमान खेलाडीहरूले पनि सामाजिक सञ्जालमा चार्लटनको निधनमा दुःख व्यक्तगर्दै श्रद्धाञ्जली दिएका छन् ।

सन् १९६६ घरेलु मैदानम भएको विश्वकपमा इंग्ल्यान्डलाई उपाधि दिलाउन चार्लटनको भूमिहमा महत्वपूर्ण थियो । ज्याकले दाइ बवी चार्लटनसँगै विश्वकप खेलेका थिए ।

चार्लटनले इंग्लिस राष्ट्रिष्य टिमबाट सन् १९६५ देखि १९७०सम्म ३५ खेल खेल्दै ६ गोल गरेका छन् । यस्तै, क्लब फुटबल लिड्स युनाइटेडबाट १९५२ देखि १९७३ सम्म खेलेका चार्लटनले ७६२ खेल खेल्दै ९५ गोल गरेका थिए ।

फुटबल करिअर अन्त्य गरेपछि चार्लटन प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले इंग्लिस क्लबहरु मिडलसबर्ग, सेफिल्ड वेइनस्डे, न्युकासल युनाइटेडका साथै आयरल्यान्डको राष्ट्रिय टिम पनि सम्हालेका छन् । चार्लटन आयरल्यान्डका अलिहेसम्मै सफल प्रशिक्षक हुन् ।

उनको प्रशिक्षणमा आयरल्यान्डले सन् १९९० र १९९४ मा विश्वकप खेलेका थिए । सन् १९९०मा अयरल्यान्ड क्वार्टरफाइनलसम्म पुगेको थियो । यस्तै, उनै प्रशिक्षणमा आयरल्यान्डले सन् १९८८मा युरोपियन च्याम्पियनसिप खेलेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.