डर्टमन्डका सान्चो पूर्वक्लब सिटीविरुद्ध नखेल्ने

बोरुसिया डर्टमण्डका इंग्लिस विंगर जाडोन सान्चोले च्याम्पियन्स लिग क्वार्टरफाइलनको दोस्रो लेग नखेल्ने भएका छन्। बुधबार राति हुने इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको खेल सान्चोले नखेल्ने भएका हुन्।

सान्चोले चोटका कारण पूर्वक्लब सिटीविरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइलनको दोस्रो लेग गुमाउने भएका हुन्। चाटका कारण डेढमहिना यता सान्चो मैदान बाहिर छन् ।

२१ वर्षीय विंगर सान्चोले मार्च ३मा भएको डिएफबी पोकलको क्वार्टरफाइनलअन्तर्गत बोरुसिया मोन्चेन ग्लावाचविरुद्धको खेलमा चोट बोकेका थिए । थाइ इन्जुरीका लामो समय मैदान बाहिर रहेका सान्चो शिक्षणम भने फर्किसेका छन्।

क्वाटरफाइनलको पहिलो लेगमा सिटीले डर्टमन्डमाथि २–१ को जित निकालेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.