युनाइटेडले भित्र्यायो डर्टमन्ड स्टार सान्चो

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले युवा विंगर जाडोन सान्चोलाई अनुबन्धन गर्ने भएको छ । युइटेडले एक वर्ष लामो प्रयासपछि सान्चोलाई क्लबमा ल्याउन सफल भएको हो।

युनाइटेड र जर्मन क्लब बोरुसिया टर्डमन्डबीच सान्तोको स्थानान्तरणका विषयमा सहमति भइसकेको बताइएको छ । युनाइटेडले सान्चोसँग युरोकप सकिएलगत्तै औपचारिक सम्झौता गर्ने बताइएको छ।

२१ वर्षीय विंगर सान्तो भित्र्याउन युनाटेडले ८५ मिलियन युरो खर्चिने छ। सान्चोसँग युनाइटेडले ५ वर्षको सम्झौता गर्ने छ भने थप एक वर्ष सम्झौता थप गर्ने विकल्प पनि दिने छ।

२१ वर्षको उमेरमै इंग्लिस टिमको महत्वपूर्ण खेलाडी रहेका सान्तो म्यान्चेस्टर सिटीका उत्पादन हुन् । उनी सन् २०१७मा सिटीबाट डर्टमन्ड पुगेका थिए ।

डर्टमण्डका लागि १३७ खेल खेल्दै ५० गोल गरेका छन् भने ५७ असिस्ट पनि गरेका छन् । सन् २०१८ मै इंग्लिस टिममा डेब्यू गरेका सान्चोले २० खेल खेल्दै ३ गोल गरेका छन् । इंग्लिस टिममा राम्रो प्रदर्शन गरेपनि उनले खासै अवसर पनि पाउन सकेका छैनन । जारी युरोकपमा पनि उनले कमै मात्र अवसर पाएका छन्।

Facebook Comments Box