अलमुताइरीको रोजाइमा जगजित, बन्द प्रशिक्षणमा बोलाइए

Read Time:1 Minute

भेन्ट्रान मिडफिल्डर जगजित श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलइएका छन्। आसन्न मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जगजितलाई बन्द प्रशिक्ष्ँणका लागि बोलाएका हुन्।

जगजित लामो समयदेखि अस्ट्रेलियन बस्दै आएका छन्, र त्यही फुटबल खेल्ने गर्छन्। राष्ट्रिय टिममा स्थान बनाउन असफल हुन थालेपछि जगजित रोजगारीका लागि अस्ट्रेलिया गएका थिए ।

अहिले उनी ए डिभिजन लिग खेल्ने नेपालमा छन् । जारी लिगमा त्रिभुवन आर्मी क्लबमा आबद्ध भउका जगजितले उत्कृष्ट प्रर्दशन गरेका छन्। उनले अघिल्लो सिजन मनाङबाट लिए खेलेको थिए ।

सन् २०११मा नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका जगजितले २१ खेल खेल्दै १ गोल गरेका छन्।

जगजितले आर्मीकै सन्तोष तामाङको स्थानमा राष्ट्रिय टिममा मौका पाएका हुन्। सन्तोष घाइते छन्। जगजितसँगै च्यासल युथ क्लबा आशिष राईले पनि बन्द प्रशिक्षणमा स्थान बनाएका छन्।

प्रशिक्षक अल्मुताइरीले अफ्रिकी राष्ट्र मोरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाएको छ ।

नेपालले दशरथ रंगशालामा यही २९ जनवरी र १ फेब्रुअरीमा म्याच खेल्ने तालिका छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक, के हुन्छ ए डिभिजन लिग ?
Next post सिरि एमा मिलानका दुवै क्लब विजयी, इन्टर शीर्ष स्थानमा, एसी दोस्रोमा
Close