रोड्रिगेजले कोपा अमेरिका गुमाउने

कोलम्कियन विंगर जेम्स रोड्रिगेजले आसन्न कोपा अमेरिका फुटबल प्रतियोगिता गुमाउने भएका छन्। भर्खरै चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका रोड्रिगेजले फिटनेशका कारण कोपा अमेरिका गुमाउने भएका हुन्।

फिटनेशकै कारण देखाउँदै कोलम्बियाले रोड्रिगेजलाई कोपा अमेरिकाको टिमबाहिर राखेको छ। एभर्टनबाट खेलिरहेका उनी यही महिलाको सरुवातमा अभ्यासका क्रममा घाइते भएका थिए। सोही कारण उनले प्रिमियरका पछिल्ला केही खेल गुमाएका थिए।

चोटको कारण रोड्रिगेजले यो सिजन प्रिमियर लिगका १२ खेल गुमाएका छन् । याे सिजन उनले ६ गाेल र ८ असिस्ट गरेका छन् ।

कोलम्बियन टिमसँगै अभ्यास गरिरहेका रोड्रिगेज कोपा अमेरिकाको टिममा आफू नर्पादा अचम्म लागेको बताएका छन् । उनले आफू चोटमुक्त भइसकेको र पूर्ण रुपमा फिट भएको उल्लेख गरेका छन् ।

रोड्रिगेजले कोलम्बियाका लागि ८० खेल खेलेका छन् । जसमा २३ गोल र २५ असिस्ट गरेका छन् ।

अर्जेन्टिनामा आयोजना हुने कोपा अमेरिका १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुने छ।

Facebook Comments Box