लिभरपुल लेस्टरसँग स्तब्ध

डिफेन्डिङ च्याम्पियन लिभरपुल इंग्लिस प्रिमियर लिगमा छ । शनिबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल लेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो।

घरेलु मैदानमा लेस्टरमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो। लेस्टरको जितमा जेम्स म्याडिसन, जेमी भार्डी र हार्भे बर्नेसले गोल गरे। लिभरपुलका लागि भने मोहम्मद सलाहले गोल गरेका थिए।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा ६७औं मिनेटमा रोबर्टो फिर्मिन्होको उत्कृष्ट पासमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । १–० गोलको अग्रता दिलाए ।

७८ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरी दिलाए। ८१औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई २–१को अग्रता दिलाए । उनले लिभरपुलका किपर एलिन्सनको गल्तीमा गोल गरेका थिए । ८५औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरलाई ३–१ गोलको जित दिलाए।

यो जितसँगै लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरले २४ खेलबाट ४६ अंक बनाउँदा म्यानचेस्टर युनाइटेड लिगको तेस्रो स्थानमा झरेको छ। म्यानचेस्टर युनाइटेडको २३ खेलबाट ४५ अंक छ। चौथो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ४० अंक छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.