ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङलाई प्रवल जनसेवा श्री

नेपाली राष्ट्रिय फुटबल टिम र क्रिकेट टिमका कप्तानद्वय किरण चेम्जोङ ज्ञानेन्द्र मल्ललाई नेपाल सरकारले प्रवल जनसेवा श्री पदबाट गर्ने भएको छ। संविधान दिवसका अवसर सरकारले दिने विभिन्न पदको सूचीमा किरण र ज्ञानेन्द्र प्रवल जनसेवा श्रीको सूचीमा छन्।

अहिले पदक पाउनको सूचीमात्र सार्वजनिक गरिएको हो। पदकपछि विरतण गरिने छ। प्रवल जनसेवा श्री पाएका दुवै टिमक कप्तान अहिले विदेशमा छन्।

किरणको कप्तानीमा साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टिम अहिले कतारमा बन्द प्रशिक्षणमा छ भने ज्ञानेन्द्रको कप्तानीमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २को सिरिज खेल्न ओमानमा छ ।

यसैगरी अन्य खेलकर्मीलाई पनि सरकारले विभूषित गर्ने भएको छ। जसमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाल, अपाङ्ग खेलाडीद्वय हिमाल अर्याल र केशव थापाले पनि प्रवल जनसेवा श्री पाउने छन।्

यसैगरी सुकीर्ति पदकबाट कराँतेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई सम्मानित गर्ने भएको छ । यस्तै, उसु खेलाडी जुनि राई, तेक्वान्दो खेलाडी संगीता बस्याल र लक्ष्मण तामाङ, ट्रायथलनकी सोनी गुरुङले पनि सुकीर्ति पदक पाउन छन् ।

Facebook Comments Box