जापान महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा पूर्वच्याम्पियन नर्वेलाई ३–१ले हराउँदै जापानले अन्तिम ८मा स्थापन पक्का गरेको हो।
न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा जापानलाई जित दिलाउन रिसा सिमिजु र हिनाता मियाजावाले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। नर्वेका लागि गुरो रेइटेनले गरेकी थिइन्।
खेलमा १५औं मिनेटमा जापानले इन्ग्रिड इन्गेनको आत्मघाताी गोल मार्फत जापानले सुरुआती अग्रता लियो। २०औं मिनेटमा रेइटेनले गोल गर्दै नर्वेलाइृ खेलमा फर्काइन्। पहिलो हाफ १–१मै सकियो।
५०औं मिनेटमा खेलमा जापानले पुनः अग्रता लियो। उसका सिमिजुले गोल गरेकी थिइन्। त्यसअघि ८१औं मिनेटमा मियाजावाले गोल गरेपछि जापानले पूर्वच्याम्पियन नर्वेमाथि ३–१को जित निकाल्यो।
अब जापानले क्वार्टरफाइनलमा अमेरिका र स्वीडेनबीचको विजेतासँग अस्गट ११मा खेल्नेछ।