जवलाखेलको जितले दबाबमा पुलिस, फ्रेन्ड्स र ब्रिगेड बोइज
सहिद स्मारक ए डिभिज लिगको १२औं चरणमा जावाखेल युथ क्लब विजयी भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले शेर्पामाथि २–१ जित हासिल गरेको हो।
यो जितले जावलाखेलले रेलिगेसन खतरालाई लगभग टारेको छ। यो जितले दबाब भने नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र बोइज युनियनमाथि परेको छ।
जितसँगै १३ अंक जोडेको जावलाखेल १०औं स्थानमा उक्लेको छ। नेपाल पुलिस क्लबको ११ अंक छ। अंक तालिकाको १२ औं स्थानमा रहेको फ्रेन्ड्सको १० अंक छ भने ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को ७ अंक छ।
६ अंक मात्र जोड्न सकेको च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ। पुलिस र बीबीसीले २ खेल खेल्न बाँकी छ। जावलाखेल र फ्रेन्ड्ले भने अन्तिम १ खेल खेल्न बाँकी छ।
जावलाखेलको जितमा रुपबहादुर लामा र अंगुना जुनियरले गोल गरे। यता, शेर्पाका लागि अृमत श्रेष्ठले गोल गरे। खेलको १५औं मिनेटमा जावलाखेलले अग्रता लिएको थियो। रुपबहादुरको कर्नरमा सिधै गोलमा परिणत भएको थियो।
३२औं मिनेटमा निकोलस फर्नान्डेजको कर्नर प्रहारमा उर्लिचको हेडर पोष्टको थोरै माथिबाट बाहिरिँदा जावलाखेलले अग्रता दोब्बर बनाउने मौका गुमायो।
३७औं मिनेटमा डिबक्स नजिकैबाट निकोलसको प्रहार शेर्पाका गोलरक्षक दिप कार्कीले सहजै बचाए। ४०औं मिनेटमा कप्तान विश्वासको फ्रिकिक प्रहार पोष्टको माथिबाट बाहिरिदा शेर्पाले बराबरीको मौका गुमायो।
७१ औं मिनेटमा शेर्पा खेलमा फर्कियो। विशोन गुरुङको कर्नमार उर्लिच शिवेको हेडरमा आएको बललाई नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल किकमार्फत् बराबरी गोल गरे।
त्यसपछि दबाब बढाएको जावलाखेलले ८८ औं मिनेटमा गोल गर्दै टिमलाई २–१को जित दिलाए।