जेसे लिंगार्डलाई कोरोना संक्रमण

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका विंगर जेसी लिंगार्डलाई कोरोना संक्रमण पुष्टी भएको छ। प्रिसिजनको तयारीमा रहेका आफ्ना २८ वर्षीय विंगरलाई शनिबार कोरोना संक्रमण पुष्टी भएको युनाइटेडले जनाएका छ।

सिजन सुरु हुनुअघि खेलिने अन्तिम अभ्यास खेल युनाइटेडले आजै एभर्टनसँग खेल्दै छ। संक्रमण पुष्टी भएपछि लिंगार्ड होम आइसोलेनसनमा बसेका छन्।

उनले प्रिमियर लिगका सुरुआती खेल पनि गुमाउने बताइएको छ। लिंगर्डले प्रिमियर लिगका सुरुआती खेल गुमाउने बताएपनि युनाइटेडमा उनको भविष्यमा भने अन्यौलमा छ। युनाइडेट लिंगार्डलाई बेच्न वा लोना पठाउन चाहन्छ।

उनले भित्र्याउन वेस्टह्यामले चासो देखाएको छ। तर, टुंगो भने लागिसकेको छैन। अघिल्लो सिजन अघिल्लो स्थान बनाउन नसकेपछि उनी विन्टर ट्रान्सफरमा वेस्टह्याम पुगेका थिए । त्यहाँ भने उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

Facebook Comments Box