युरोकपका लागि इंग्लिस टिमको घोषणा, परेनन् लिंगार्ड

प्रशिक्षक गेराथ साउथगेटले आसन्न युरोकप फुटबलका लागि इंग्लिस टिमको घोषणा गरेका छन् । प्रशिक्षक साउथगेटले मंगलबार युरोकपका लागि २६ सदस्यीय इंग्लिस टिमको घोषणा गरेका हुन्।

साउथगेटले प्रिपमयर लिगमा उत्कृष्ट प्रदर्शन गरेका विंगल जेसे लिंगार्डलाई टिम राखेका छैनन् । साउथगेटको यो निर्णयलाई फुटबल पण्डितहरुले आश्चर्यका रुपमा हरेका छन् ।

सिजनको मध्यमा लोनमा वेस्टह्याम पुगेका लिंगार्डले त्यसयता उत्कृष्ट प्रदर्शन गरेका थिए । म्यान्चेस्टर युुनाइटेडका सिजनको सुरुआतमा मौका नाएका उनले वेस्टह्यामबाट १६ खेल खेल्दै ९ गोल गरेका थिए।

साउथगेटले घोषणा गरेको टिममा ह्यारी केन, बेन चिलवेल, केल वाल्कर, रहिम स्टर्लिङ, फिल फोडेन, जाडोन सान्चो, ज्याक ग्रेलिस, केल्भिन फिलिप्स, मार्कस रास्फाेर्डलगायत खेलाडी छन् ।

१६औं संस्करण युरोकप ११ जुनदेखि ११ जुलाई युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदैछ। प्रतियोगितामा इंग्ल्यान्ड समूह बी मा छ । यो समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक छन् । इंग्ल्याण्डले १३ जुनमा क्रोएसिया खेल्ने छ भने दोस्रो खेल १९ जुनमा स्कटल्यान्ड र २३ जुनमा चेक रिपब्लिकसँग खेल्ने छ।

इंग्लिस टिम :

गोलकिपर : जोर्डन पिकफोर्ड, डिन हेन्डरसन, साम जोनस्टन।

डिफेन्डर : केल वाल्कर, जोन स्टोन्स, ह्यारी मगुएर, बेन चिलवाल, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, किएरन ट्रिपिएर, लुक श, ट्राओन मिङ्ग्स, रिस जेम्स, कोनोर कोएडी।

मिडफिल्डर : जोर्डन हेन्डरसन, मासोन माउन्ट, डेक्लान राइस, केल्भिन फिलिप्स, जुड बेलिङ्गहम

स्ट्राइकर : ह्यारी केन, रहिम स्टर्लिङ, मार्कुस रासफोर्ड, जाडोन सान्चो, बुकायो साका, फिल फोडेन, ज्याक ग्रेलिस, डोमिनिक काल्भार्ट लेविन ।

Facebook Comments Box