मेयर कप भेट्रान्स फुटबल : खुमलटार र झापा सेमिफाइनलमा

एफई खुमलटार भेट्रान्स क्लब र झापा भेट्रान्स क्लब दशरथ रंगशालामा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको क्वार्टरफाइनलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई ५–० ले हराउँदा झापाले चितवन भेट्रान्सलाई ४–०ले हरायो ।

खुमलटारको जितमा रितेश खड्काले दुई गोल गरे भने भगवान थापा, निमा लामा र टासी छिरिङले पनि गोल गरे। पहिलो हाफ १ गोल गरेको खुमलटारले दोस्रो हाफमा ४ गोल गरेको थियो।

पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ९ मिनेटमा ४ गोल गर्दै खुमलटार विजयी भयो । ५१औं मिनेटमा भगवानले गोल गर्दै खुमलटारको अग्रता दोब्बर बनाए। यस्तै, निमाले ५५ औं र ५७ औं मिनेटमा टासीले गरेपछि खुमलटारले ४–० को लियो। रितेशले ६० औं मिनेटमा गोल गरेपछि खुलमटार ५–०ले विजयी भयो।

चितवन भेट्रान्सविरुद्ध झापालाई जित दिलाउने क्रममा नरेन्द्रमणि लिम्बुले दुई गोल गरे भने अंकुरकुमार खड्गी र रमेश गुरुङले एक गोल गरे ।

Facebook Comments Box