झापा एफसीको पुरै स्क्वाडले लगायो कोरोनाविरुद्धको भ्याक्सिन

Read Time:1 मिनेट

सी डिभिजन लिग छनोट प्रतियोगिता खेल्ने तयारीमा रहेको प्रदेशको क्लब झापा एफसीको पुरै स्क्वार्डले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ।

छनोट प्रतियोगिता खेल्न मकवानपुरको हेटौंडामा बन्द प्रशिक्षणमा रहेको झापा एफसीका सम्पूर्ण सदस्यले बिहीबार कोरोनाविरुद्धको खोप लगाएको हो।

झापा एफसीका १८ खेलाडीसहित सम्पूर्ण पदाधिकारीले कोरोनाविरुद्धको खोप लगाएको क्लबका उपाध्यक्ष यमकुमार बस्नेतले जानकारी दिए। बन्द प्रशिक्षणका लागि सहयोग गर्ने मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामा र स्थानीय संयोजक मदन लामालाई झापा एफसीले धन्यवाद दिए।

पछिल्लो १४ दिन देखि हेटौंडामा बन्द प्रशिक्षण गरिरहेको झापा एफसीको टिम २१ गते सी डिभिजन लिग छनोट खेल्न काठमाडौं आउने सचिव सुजन गौतमले बताए।

झापा एफसीले २५ गतेदेखि सी डिभिजन लिग छनोट खेल्ने छ। झापा छनोटको समूह एलमा छ । यो समूहमा साथी समूह र विजयचोक युथ क्लब छन्।

नेपालकै पहिलो प्राइभेट कम्पनीमा दर्ता भएको क्लब झापाको प्रशिक्षकमा शचिन्द्र धिमाल छन् भने व्यवस्थापकमा अविनाश राजवंशी रहेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पलेशा गोवर्द्धन पारा ओलम्पिकमा कास्य नजिक
Next post पारा ओलम्पिकमा कास्य जित्नबाट चुकिन नेपाली तेक्वान्दो खेलाडी पलेशा
Close