झापा गोल्डकप सुरु, उद्घाटन खेलमा सातदोबाटो विजयी

Read Time:2 Minute

झापा गोल्डकपको पाँचौँ संस्करण बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा आजबाट सुरु भएएको छ। फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन क्लब सादोबाटो युथ क्लब विजयी भएको छ।

शनिबार भएको खेलमा सातदोबाटोले अर्को ए डिभिजन क्लब जावाखेल युथ क्लबलाई पेनाल्टी सुटआउछमा ४–२ले रहयो। निर्धारितसमयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टीमा सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, मानबहादुर तामाङ र अजयी मार्टिनले गोल गर्दा जावलाखेलका सुरज ज्यू ठकुरी, ओन्गुना जुनियरले गोल गर्दा कुलदीप कार्की र गौरव श्रेष्ठले गोल गर्न सकेनन्।

निर्धारित समयमा पनि अग्रता सातदोबाटोले नै लियो। उसका मार्टिकले तेस्रो मिनेटमा गाेल गरेका थिए। १२औं मिनेटमा जुनियरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ३४औं मिनेटमा जुनियरले नै गोल गर्दै जावलाखेललाई २–१को अग्रता दिलाए।

तर, दोस्रो हाफको सुरुआतमै सातदोबाटोले बराबरी गोल फर्कायो। ४८औं मिनेटमा उसका आशिष राईले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो। अब सातदोबाटोले क्वार्टरफाइनलमा विभागीय टिम एपिएफसँग खेल्ने छ। एपिएफ बाइ पाएर सिधै क्वार्टफाइनलमा पुगेको हो।

प्रतियोगितामा ए डिभिजनका ७ क्लबसहित कुल १० टिम सहभागी छन्। फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने विधागत उत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ पाउने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एनएसएल अक्सन : कुन टिमले किने कस्ता खेलाडी ?, बिकेनन् स्टार खेलाडी
Next post पिपल्स च्वाइस अवार्डका लागि कुशल, एन्जिला, प्रिन्ससहित ५ जना नाेमिनेशनमा
Close