सानदार जितसँगै झापा–११ झापा गोल्डकपको सेमिफाइनलमा

Read Time:2 Minute

आयोजक झापा ११ सिक्किमको रेडपान्डा एफसीमाथि सानदार जित निकाल्दै झापा गोल्डकपका सेमिफाइनलमा प्रवेश गरेको छ। डोमलाल राजवंशी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा झापाले रेडपान्डामाथि ५–१को फाराकिलो जित निकाल्यो ।

झापाको जितमा विमल घर्तिमगरले दुई गोल गर्दा कप्तान विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे भने झापा एक गोल आत्मघाती स्वरुप पायो । रेडपान्डाका योगेश मगरले सान्तवना गोल फर्काए ।

३१ औं मिनेटमा विमलको गोलमा झापाले अग्रता लियो । रेडपान्डाका सागर गुरुङले झापाका रुमेश बर्तौलालाई लडाएपछि प्राप्त पेनाल्टीमा विमलले गोल गरे । ५५ औं मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरेपछि झापाले अग्रता दोब्बर बनायो।

५८ औं मिनेटमा कप्तान विशालले झापका लागि तेस्रो गोल गरे । उनले रेडपान्डाका गोलरक्षक निन्डुप लेप्चाले बताएको बलमा गोल गरेका थिए । ६०औं मिनेटमा प्राप्त पेनाल्टीमा झापका विमल गोल गर्न चुके । उनको प्रहार रेडपान्डाका गोलकिपरले बचाए।

६६औं मिनेटमा रेडपान्डाका योगेश मगरले पेनाल्टीमार्फत गोल गरे। झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई फाउल गरेपछि रेडपान्डाले पेनाल्टी पाएको थियो ।

७७औं मिनेटमा विमलले पेनाल्टीमार्फत टिमका लागि चौथो गरे। रेडपान्डाका पिन्सो लेप्चाको डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए। ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को जित दिलाए।

जितसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post करणको अलराउन्ड प्रदर्शनमा श्रीलंका पुलिसमाथि नेपालको सानदार जित
Next post फ्रेन्ड्स खप्तड गोल्डकपको फाइनलमा, उपाधिका लागि मनाङसँग खेल्ने
Close