
झापा ११ झापा गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने
Read Time:1 Minute
झापा ११ बिर्तामोडमा जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शनिबार डोमलाल राजवंशी रंगशाला भएको खेलमा ए डिभिजन क्लब संकटामाथि २–०को जित निकाल्दै झापा उपाधि नजिक पुगेको हो ।
झापालाई फाइनल पु¥याउन दुवै गोल विमल घर्तिमगरले गरे । विमलल १६औं मिनेटमा गोल गर्दै झापालई सुरुआती अग्रता दिलाएका थिए । उनले एन्ड्रियस नियाको पासमा गोल गरेका थिए।
५७औं मिनेटमा विमलले नै गोल गर्दै झापाले २–०को सहज जित दिलाए । यो पटक उनले विकास मेराग्लियाको पासलाई सदुपयोग गरे।
अब झापाले उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ। आर्मी सातदोबाटो युथ क्बललाई ४–१ले हराउँदै फाइनल पुगेको हो।
फागुन २१ गतेबाट जारी प्रतियोगिताको विजेता टोलीले १२ लाख ५५ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउने छ।