फुटबलराष्ट्रिय फुटबल

राष्ट्रिय टिममा जिलेस्पीजंग कार्कीको डेब्यू

त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने जिलेस्पीजंग कार्कीले नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका छन्।

उनलाई मुख्य प्रशिक्षक भिन्सेन्सो अल्बर्टोे एनेसले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमै खेलाउँदे डेब्यू गराए।

उनी पूर्व राष्ट्रिय टिमका खेलाडी जर्ज प्रिन्स कार्कीका भाइ हुन् । उनले त्रिभुवन आर्मी क्लबबाट शहीद स्मारक लिग फुटबल खेलेका थिए।

जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलमा म्यानमारले नेपालमाथि दबाब बनाएको छ।