जर्मनीले घोषणा गर्‍यो युरोकपका लागि टिम

जर्मनीले युरोकपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रशिक्षक जोचिम लोले अधिकांश सिरिजनर र केही नयाँ खेलाडीलाई समेट्दै युरोकपका लागि २६ सदस्यीय टिम घोषणाा गरेका हुन्।

प्रशिक्षक लोले घोषणा गरेको टिममा सिनियर खेलाडीहरु म्याट हुमल्स, थोमस मुलर, मानुअल नुयर, टोनी क्रुस, जेसुआ किमिच लगायत छन्। यस्तै, जमल मुसियाला, रोबिन कोच, केभिन भोलान्डलगायत नयाँ खेलाडीले पनि जर्मन टिममा स्थान बनाएका छन्।

जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा आयोजना हुने प्रतियोगितामा जर्मनी ग्रुप अफ डेथका रुपमा रहेको समूह एफमा छ । यो समूहमा जर्मनीसँगै डिफेन्डिङ च्याम्पियन पोर्चुगल, विश्वाविजेता फ्रान्स र हंगेरी छन्।

जर्मनीले १६ जुनमा फ्रान्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। दोस्रो खेल उसले १९ जुनमा पोर्चुगलसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेल २४ जुनमा हंगेरीसँग खेल्ने छ।

यस्तो छ जर्मन टिम

गोलकिपरः मानुअल नुयर, ब्रेन्ड लेनो, केभिन ट्राप ।

डिफेन्डरः रोबिन कोच, एन्टोनियो रुडिगर, मार्सल जल्सटेनबर्ग, लुकास क्लोसटेरमन, क्रिस्टियन गुन्नटेर, म्याट् हुमल्स, रोबिन गोसेन्स, म्याथिअस गिन्टर, निकल्स सुल।

मिडफिल्डरः जोसुवा किमिच, टोनी क्रुस, लेओन गोरेट्ज्का, काइ हाभेट्र्ज, थोमस मुलर, जमल मुसिआला, इम्रे क्यान, जोनस होफमन, फ्लोरिअन नैहाउस, इल्के गुन्डोगान, लिरोय साने ।

स्ट्राइकरः केभिन भोल्लान्ड, टिमो वेर्नर, सर्जी गनाब्री ।

Facebook Comments Box