जाेचिम लोले युरोकपपछि जर्मन टिम छाड्ने

जर्मन राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक जोचिम लोले आगामी युरोकप पछि जर्मन टिम छाड्ने बताएका छन् । जर्मन टिमसँग सम्झौता बाँकी रहेपनि लोले सन् २०२१को युरोकपपछि टिमको मुख्य प्रशिक्षक पद छाड्ने बताएका हुन्।

जर्मनीलाई विश्वकप उपाधि जिताएका प्रशिक्षक लोले आफूले धेरै सोच विचार गरेर टिम छाड्ने निर्णय गरेको बताए । ६१ वर्षीय प्रशिक्षक लोको जर्मनीसँगको सम्झौता २०२२ सम्म रहेको छ ।

सन् २००६ देखि मुख्य प्रशिक्षक बनेर जर्मनीको टोली सम्हालेका लोले अब भने नयाँ गन्तव्य छान्ने भएका छन् । उनले जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबलको उपाधि जिताएका थिए ।

लोले राष्ट्रिय टिम सम्हाल्ने भनिएको अन्तिम प्रतियोगिता युरो कप आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । गतवर्ष जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको युरो कप कोरोनाको कारण एक वर्षपछि सरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.