क्लब फुटबलफुटबल

पोर्चुगिज डिफेन्डर क्यान्सेलो बार्सिलोनामा

पोर्चुगिज डिफेन्डर जाओ क्यान्सेलो स्पेनिस जाइन्ट बार्सिलोनामा आबद्ध भएका छन्। २९ वर्षीय डिफेन्डर क्यान्सेलो लोनमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट बार्सिलोना पुगेका हुन्।

लोन सकिएपछि क्यान्सेलोनालाई स्थायी अनुबन्धन गर्ने सुविधा पनि बार्सिलोनासँग छ। अघिल्लो सिजनको ६ महिना उनले बायर्नबाट लोनमा खेलेका थिए।

सन् २०१९मा युभेन्ट्सबाट सिटी आएका क्यान्सोलेले सिटीमा ४ सिजन बिताउँदा १५४ खेल खेल्दै ९ गोल गरेका छन्। उनी सन् २०२१÷२२ को सिजन उत्कृष्ट फर्ममा थिए।

तर, लगत्तै अर्को सिजन मुख्य प्रशिक्षक पेप ग्वार्डिओलासँग सम्बन्ध राम्रो नभएपछि उनले पहिलो रोजाईमा कमै मात्र अवसर पाएका थिए।