क्लब फुटबलफुटबल

पोर्चुगिज विंगर फेलिक्स बार्सिलोनामा

स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगल स्ट्राइकर जाओ फेलिक्स अनुबन्धन गरेको छ।

फेलिक्सको अनुबन्धनको विषयमा बार्सिालोना र एट्लेटिको मड्रिडबीच सहमति भएको छ। तर, अनुबन्धनको औपचारिक घोषणा भने हुन बाँकी छ।

बार्सिलोना जाने पक्का भएपछि फेलिक्सले शुक्रबार टिमसँग प्रशिक्षण गरेनन्

पछिल्लो सयम प्रशिक्षक डिएगो सिमोनसँग सम्बन्ध बिग्रिएपछि फेलिक्सले कमैमात्र मौका पाएका छन्। अघिल्लो सिजन पनि उनले ६ महिना लोनमा चेल्सीबाट खेलेका थिए। त्यहाँ उनले २० खेल खेल्दै ४ गोल गरेका थिए।

२३ वर्षिय फेलिक्स सन् २०१९मा १२७ मिलियन युरो बेन्फिकाबाट एट्लेटिको आएका थिए। एट्लेटिकोमा उनले १३१ खेल खेल्दै ३४ गोल गरेका छन्।