एमएलएसविरुद्ध एट्लेटिको म्याड्रिडको सहज जित

प्रि सिजन टुरमा अमेरिका भ्रमणमा रहेको स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले सहज जित हात पारेको छ । बिहीबार अमेरिकास्थित एक्प्लोरिना स्टेडियमा भएको खेलमा एट्लेटिकोले अमेरिकी मजेर लिग सकर क्लब एमएलएस अल स्टार्सलाई ३–०ले पराजित गरेको हो ।

एमएलएसविरुद्ध जित दिलाउन मार्को लोरन्टे, जुअ फेलिक्स र डिएगो कोस्टाले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा लोरन्टेको गोलमा एट्लेटिको अग्रता लिएको थियो । रियल म्याड्रिडबाट भर्खरै एट्लेटिको आएका लोरन्टेको यो पहिलो गोल हो ।

त्यसपछि खेल सकिन ५ मिनेट बाँकी छँदा पोर्चुगिच युवा स्टार जुअ फेलिक्सले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । उनी १२० मिलियन युरोमा बेन्फिकाबाट एट्लेटिको आएका थिए । उनले एट्लेटिकोका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा डिएगो कोस्टाले गोल गरेपछि एट्लेटिकोले ३–० को सहज जित निकाल्यो । योसँगै एट्लेटिकोलो प्रिसिजन टुरमा शतप्रतिशत नतिजा निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *