लिभरपुललाई हराउँदै आर्सनल कारबाओ कपको अन्तिम ८मा

आर्सनल काराबायो कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनलले अन्तिम ८को यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा आर्सनल ५–४ले विजयी भयो ।

पेनाल्टीमा आर्सनलका लागि एलेक्जान्डर लाकाजेट सोएरेस मइटल्याण्ड नेइल्स पेपे र विललकले गोल गरे भने मोहम्मद इल्नेई गोल गर्न चुकेका थिए । लिभरपुलका जेम्स मिलनर जर्जिनिओ विज्नाल्डम ताकुमी मिनामिनो र कर्टिस जोन्सले मात्र गोल गर्दा डिभोग ओरिगी र ह्यारी विल्सन दुवै गोल गर्न असफल भए । दुवैका प्रहार आर्सनलका किपर ब्रान्ड लेनोले रोकेका थिए ।

यस्तै च्याम्पियन्सिपका स्टोक सिटी र ब्रेन्टफोर्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्रेन्डफोर्डले प्रिमियर लिगको फलहमलाई ३–० ले पराजित गर्दा स्टोक सिटीले पनि प्रिमियर लिगकै एस्टन भिल्लालाई १–० ले पराजित गरेको हो ।

अब क्वाटरफाइनलमा आर्सनलले म्यानचेष्टर सिटिसँग खेल्नेछ । यस्तै म्यानचेष्टर युनाइटेडले एभर्टनसँग खेल्दा टोटनहमले स्टोक सिटी र न्यूकासलले ब्रेन्टफोर्डसँग खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP