जोन स्टोन्स सन् २०२६ सम्म सिटीमै रहने

Read Time:1 Minute

इंग्लिस डिफेन्डर जोज स्टोन्सले म्यान्चेस्टर सिटीसँगको सम्झौता नवीकरण गरेका छन्। २७ वर्षीय जोन्सले सिटीसँग ५ वर्षको सम्झौता नवीकरण गरेका हुन्।

अब स्टोन्स सन् २०२६ सम्म सिटीमै रहने छन्। उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै थियो।

स्टोन्स सन् २०१६मा ४७.५ मिलियन युरोमा एर्भटनबाट सिटी आएका हुन्। त्यसयता उनले सिटीका लागि १६८ खेल खेल्दै १२ गोल गरेका छन्। अघिल्लो सिजन उनले रुबेन डियाससँग मिलेर उत्कृष्ट प्रदर्शन गरेका थिए।

सिटीमा ४ सिजन बिताउँदा उनले ३ प्रिमियर लिग, २ कम्युनिटी सिल्ड, २ कारबाओ कप र १ एफए कप गरी कुल ८ उपाधि जितेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मोइन अलीलाई टेस्ट टिममा बोलाइयो
Next post क्याम्प नाउबाट हटाइयो मेसीको पोस्टर
Close