चेल्सीका जोर्गिन्हो आर्सनलमा

Read Time:1 Minute

चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो आर्सनलमा आबद्ध भएका छन्। विन्डर ट्रान्सफर विन्डोको अन्तिम दिन अर्सानलले ३१ वर्षीय मिडफिल्डरलाई अनुबन्धन गरेको हो।

३१वर्षीय इटालियन मिडफिल्डरका लागि आर्सनलले ३१ मिलियन युरो खर्चियो । आर्सनलले जर्गिन्होलाई सन् २०२४ सम्मका लागि अनुबन्धन गरेको हो । थप एक वर्ष सम्झौता लम्याउने सुविधान पनि उसँग हुने छ।

लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आफ्ना दुई होडिङ मिडफिल्डर थोमर पार्टे र मोहम्मद इलनेनी घाइते भएपछि जोर्गिन्होलाई अनुबन्धन गरेको हो।

सन् २०१८मा इटालियन क्लब नापोलीबाट चेल्सी आएका जोर्गिन्होले २१३ खेल खेल्दै २९ गोल गरेका छन्। यसअवधिमा उनले च्याम्पियन्स लिग, युरोपा लिग, युईएफए सुपर कप र क्लब विश्वकप उपाधि जितेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यो सिजन ५ एल क्लासिको हुँदै
Next post सुष्माले वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप खेल्ने
Close