माउरिन्हो बने रोमाको प्रशिक्षक

पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षक नियुक्त भएका छन् । आगामी सिरिजनको सुरुवातदेखि क्लब सम्हाल्ने गरी माउरिन्हो रोमाको प्रशिक्षक बनेका छन् ।

माउरिन्होले रोमासँग तीन वर्षको सम्झौता गरेका छन्। ५८ वर्षीय पोर्चुगिज प्रशिक्षक माउरिन्होले पोर्चुगलकै अर्का प्रशिक्षक पाउलो फोन्सेकाको स्थान लिनेछन् । माउरिन्होले यसअघि अर्को इटालियन क्लब इन्टर मिलानलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

दुई सातअघि मात्र माउरिन्होलाई इंग्लिस क्लब टोटनह्यामले बर्खास्त गरेको थियो । उनले टोनटह्याममा १७ महिना बिताएका थिए ।

माउरिन्होको प्रशिक्षणमा टोटनह्यामले ८६ खेल खेल्दै ४४ जित, १९ बराबरी र २३ हारको सामाना गरेको छ। यो सिजन कारबाओ कपको फाइलन पुग्ने नै टोटनह्याममा माउरिन्होको उपलब्धि रह्यो।

प्रियिमर लिगमा उत्कृष्ट सुरुवात गरेको टोटनह्यामले जनवरी यताभने निकै खराब प्रदर्शन गरिरहेको छ। त्यसयता उसले २० अंक गुमाएको थियाे।

योसिजन माउरिन्होको प्रशिक्षण करिअयरकै खराब भयो । चेल्सी, रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, पोर्टो, बेन्फिकालगायतका क्लबमा प्रशिक्षक बनिसकेका माउरिन्होले टाेटनह्याममा एकै सिजन लिगका १० खेलमा पराजय बेहोरे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.