१७ महिनामै बर्खास्तीमा परे माउरिन्हो

‘स्पेसन वान’ उपनाम पाएका पोर्चुगिच प्रशिक्षक जोसे माउरिन्होलाई इंग्लिस क्लब टोटह्यामले १७ महिनामै बर्खास्त गरेको छ। क्लबले निरन्तर खराब प्रदर्शन गरेपछि टोटनह्यामले माउरिन्होलाई बर्खास्त गरेको हो।

२९ नोभेम्बर २०१९मा प्रशिक्षक बनेका माउरिन्होेले सन् टोटनह्याम २०२३ सम्मको सम्झौता गरेका थिए। तर, क्लबले खराब प्रदर्शन गरेपछि माउरिन्हो सम्झौता अवधि बाँकी छँदै बर्खास्तीमा परे।

माउरिन्होको प्रशिक्षणमा टोटनह्यामले ८६ खेल खेल्दै ४४ जित, १९ बराबरी र २३ हारको सामाना गरेको छ। यो सिजन कारबाओ कपको फाइलन पुग्ने नै टोटनह्याममा माउरिन्होको उपलब्धि रह्यो।

प्रियिमर लिगमा उत्कृष्ट सुरुवात गरेको टोटनह्यामले जनवरी यताभने निकै खराब प्रदर्शन गरिरहेको छ। त्यसयता उसले २० अंक गुमाएको छ।

योसिजन माउरिन्होको प्रशिक्षण करिअयरकै खराब भयो । चेल्सी, रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, पोर्टो, बेन्फिकालगायतका क्लबमा प्रशिक्षक बनिसकेका माउरिन्होले पहिलो पटक एकै सिजन लिगका १० खेलमा पराजय बेहोरे।

माउरिन्हो बर्खास्तीमा परेपछि उनको स्थानमा तत्कालका लागि क्लबले पूर्व खेलाडी रायन मासोनले लिने छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.