वुल्भ्सले भित्र्यायो अर्का पोर्चुगिज गोलकिपर

प्रिमियर लिग क्लब वुल्भ्सले पोर्चुगिज गोलकिपर जोसे सालाई भित्र्याएको छ। पोर्चुगिज राष्ट्रिय टिमका गोलपिकर रुइ प्याट्रिसिया क्लब छाड्दै इटालियन क्लब रोमा लागेपछि वुल्भ्सले अर्का पोर्चुगिज गोलकिपर जोसेलाई अनुबन्धन गरेको हो।

वुल्भ्सले ग्रीक च्याम्पियन ओलम्पियाकोसबाट जोसेलाई अनुबन्धन गरेको हो। २८ वर्षीइ जोसेले वुल्भ्ससँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी स्न २०२६ सम्म वुल्भ्समा रहने छन्।

सन् २०१८ मा एफसी पोर्टोबाट लोनमा ओलम्पियाकोपस पुगेका उनले सन् २०१९मा स्थायी अनुबन्धन गरेका थिए । पोर्टोको सिनियर टिममा २ वर्ष बिताएका उनी स्पेनिस लिजेन्ड गोलकपर इकर कासिलास आएपछि ओलम्पियाकोस गएका थिए ।

ओलम्पिकोसबाट उनले १२४ खेल खेल्दा ६२ क्लिनसिट राखेका थिए। पोर्चुगलका लागि उमेर समूहबाट खेले पनि उनी राष्ट्रिय टिममा भने परेका छैनन्।

Facebook Comments Box