किमिच जनवरीसम्म मैदान बाहिर रहने

बायर्न म्युनिखका जर्मन मिडफिल्डर जोसुवा किमिच जनवरीसम्म मैदान बाहिर रहने भएका छन्। बुन्डेस लिगाअन्तर्गत शनिबार राति भएको बोरुसिया डर्टमन्डविरुद्धको खेलका क्रममा किमिचको घुँडामा चोट लागेको थियो।

घुँडाको चोटको शल्यक्रिया गरेपछि किमिच आगामी जनवरीसम्म मैदान बाहिर रहने बार्यनले जनाएको छ । २५ वर्षीय किमिचको आइतबार दाहिने घुँडाको सफल शल्यक्रिया गरिएको हो ।

डर्टमन्डका अर्लिङ हालाण्डसँग ठोक्किँदा किमिच घाइते भएका थिए । सोही कारण उनले ३६औं मिनेटमा मैदान छाडेका थिए। डर्टमन्डको मैदानमा भएको सो खेलमा बायर्न ३–२ ले विजयी भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.