क्लब फुटबलफुटबल

ला लिगामा ‘प्लेयर अफ दी मन्थ’ बन्ने पहिलाे इंग्लिस खेलाडी बने बेलिङहम

यसै सिजन स्पेनिस जाइन्ट रियल मड्रिड आएका इंग्लिस अट्याकिङ मिडफिल्डर जुड बेलिङहम उत्कृष्ट लयमा छ। २० वर्षीय स्टार बेलिङहमकै उत्कृष्ट प्रर्दशन मद्दतमा रियलले ला लिगामा शतप्रशित सुरुआत गरेको छ।

त्यही प्रदर्शनकै कारण बेलिङहमले अगस्तको प्लेयर अफ दी मन्थ अवार्ड जिते। बेलिङहम ला लिगामा यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन्। यसअघि स्टिभ म्याकमानमन, डेबिड बेकह्याम, माइलक ओभेनजस्ता स्टार खेलाडीले ला लिगा खेलेपछि यो अवार्ड जित्न सकेका थिएनन्।

जर्मन क्लब बोरुसिया टर्डमन्डबाट ११३ मिलियन पाउण्डमा रियल आएका उनले ला लागिका ३ खेलमा ४ गोल र १ असिस्ट गरेका छन्।