क्लब फुटबलफुटबल

रियल आए बेलिङ्घम, रियलको दोस्रो महँगो खेलाडी

जर्मन क्लब बोरुसिया डर्टमन्डका स्टार मिडफिल्डर जुड बेलिङ्घम स्पेनिस जाइन्ट रियल मड्रिड आएका छन्। १९ वर्षीय इंग्लिस मिडफिल्डर रियलले जर्मन क्बलबाट १०३ मिलियनर युरो खर्चेर भित्र्याएको हो।

रियलले बेलिङ्घमलाई भेट्रान मिडफिल्डर लुका मोड्रिचको ‘लङ टर्म रिप्लेसमेन्ट’का रुपमा मोटो रकम खर्चेर अनुबन्धन गरेको हो।

योसँगै बेलिङ्घम रियलका दोस्रो महँगा खेलाडी बनेका छन्। रियलका सर्वाधिक महँगा खेलाडी इडेन हाजार्ड हुन्, उनलाई रियलले सन् २०१९मा चेल्सीबाट ११५ मिलियनमा भित्र्याएको थियो । तर, उनी रियलको इतिहासकै फ्लप खेलाडी पनि बने। ४ सिजनमा ७ गोल मात्र गरेका हाजार्डसँगको सम्झौता रियलले यसै साता रद्द गरेको छ।

बेलिङ्घम पछिल्लो केही सिजन उत्कृष्ट फर्मममा छन्। उनलाई भित्र्याउन रियलले अघिल्लो सिजनदेखि नै चासो देखाएको थियो।

पछिल्लो दशक मोड्रिच, टोनी क्रुस र कासिमिरोले राज गरेको रियलको मडिफिल्डमा अब उनीहरुको स्थान बेलिङ्घमसँगै इडवार्ड कामाभिङ्गा, ओरालिन चुवामेनी र फेडे भाल्भर्डे लिने पक्का छ।

बेलिङ्घमको उत्कृष्ट प्रदर्शनका बाबजुद डर्टमन्ड अन्तिम खेलमा बराबरीमा रोकिँदा बुन्डेसले लिगा उपाधि गोलअन्तरका आधारमा गुमाएको थियो ।

तीन सिजन डर्टमन्डमा बिताएका उनले १३२ खेल खेल्दै २४ गोल गरेका छन्। इंग्ल्यान्डका लागि उनले २४ खेल खेल्दै १ गोल गरेका छन्। उनी सन् २०२० देखि इंग्ल्यान्डका नियमित सदस्य हुन्।