क्लोप भन्छन्, यो सफलता मेरो सपनाभन्दा माथिको

बुधबार राति स्टामफोर्ड ब्रिजमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–१ले हरायो । त्यो जितको खुसी लन्डन क्लब चेल्सीलाईभन्दा बढी लिभरपुललाई थियो, त्यसको महत्व पनि उत्तिकै थियो ।

त्यो किनपनि भने त्यही खेलपछि लिभरपुलले आधुनिक प्रिमियर लिगको पहिलो उपाधि उचाल्यो । त्यो पनि ३० वर्षपछि । लिभरपुललाई ३ दशकपछि खुसी फर्काउने काम योर्गेन क्लोपले गरे । उनले ५ सिजनमा लिभरपुललाई च्याम्पियन्स लिग, क्लब विश्वकप र प्रिमियर लिग गरी तीन उपाधि दिलाए ।

३० वर्षपछि लिभरपुलमा खुसी फर्कान सफल भएपछि प्रशिक्षक क्लोपको प्रतिक्रिया थियो, यो मैले देख्ने समपनाभनदा पनि माथिको सफलता हो । उनको यो भनाईले प्रष्ट हुन्छ, उपाधिको महत्व कति छ भनेर ।

तीन दशकको उपाधिविहीन यात्रालाई तोड्दै प्रिमियर लिग उपाधि दिलाएपछि क्लोपले खुसीको बयान गर्न आफूसँग कुनै शब्द नभएको बताए । लिभरपुलले सन् १९८९÷९० मा पछिलल्लो पटक लिग उपाधि जितेको थियो । त्यतिखेल पुरानो फम्र्याटको लिग थियो ।

‘यो मैले सोच्न सक्ने सबैभन्दा उत्तम चिज हो र मैले देख्ने सपनाभन्दा धेरै उत्तम । यो अविश्वसनीय छ । मैले सोच्ने सम्भावना भन्दा धेरै हो,’ प्रशिक्षक क्लोपले भने, ‘यो क्लबसँग च्याम्पियन हुँदा अनौठो महसुस भइरहेको छ ।’

क्लोपले यसको श्रेय खेलाडीलाई दिए । आफूले प्रशिक्षण दिएका खेलाडीको अविश्वसनीय प्रदर्शनबाट मिलेको सफलताले आफूलाई आनन्द मिलेको उनले बताए ।

‘मेरा खेलाडीबाट यो अविश्वसनीय सफलता हो र उनीह?लाई प्रशिक्षण दिने प्रशिक्षकका हिसाबले मलाई आनन्द मिलेको छ,’ क्लोपले भने । सन् २०१५मा ब्रेन्डन रोजर्सको स्थान लिँदै क्लोप लिभरपुल आएका थिए । क्लोपले अघिल्लो वर्ष लिभरपुललाई छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

‘मलाई पहिलो दिन नै लागेको थियो जब उनी ढोकामा आए तब सबै परिवर्तन गरिदिए,’ उपाधि जितेपछि कप्तान जोर्डन हेन्डरसनल ‘हामीले उनलाई पछ्यायौँ उनलाई विश्वास ग¥यौं । यो निकै अनौठो यात्रा रह्यो । हामी अझै धेरै चाहन्छौं । हामीमा भोक छ । उनीसँग मिलेर अझै धेरै गर्न सकिन्छ ।’

यस्तै म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि लिभरपुल उपाधिको लागि लायक रहेको बताएका छन् । ‘लिभरपुलले यो सिजन राम्रो खेल्यो र उपाधिका लागि योग्य थियो,’ ग्वार्डिओलाले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.