युरोकप विजेता लोकाटेली युभेन्टसमा

Read Time:1 Minute

युरोकप विजेता मिडफिल्डर म्यानुअल लोकाटेलीलाई युभेन्टसले अनुबन्धन गरेको छ। युभेन्टसले लोकाटेलीलाई ३५ मिलियन युरोपमा अनुबन्धन गरेको हो ।

२३ वर्षीय मिडफिल्डर लोकाटेलीको स्थानान्तरणको औपचारिक घोषण भने भइसकेको छैन । प्रसिद्ध खेलपत्रकार फ्राबिजियो रोनामाले युभेन्टसले लोकाटेलीसँग सम्झौता गरिसकेको बताएका छन्। केही दिनमै औपचारिक घोषणा हुनेछ।

रोमानोका अनुसार लोकाटेलीले युभेन्टससँग ५ वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२६ सम्म युभेन्टसमा रहने छन्।

लोकाटेली सन् २०१९मा ११ मिलियन युरोमा एसी मिलानबाट ससुओलो आएका थिए । सन् २०१८मा लोनमा ससुओलोमा बिताएपछि उसले स्थायी स्थानान्तण गरेको थियो । ससुओलोबाट उनले ९९ खेल खेल्दै ७ गोल गरेका छन्। उनले एसी मिलानबाट ६३ खेल खेल्दै २ गोल गरेका छन्।

लोकाटेलीले इटालीका लागि १५ खेल खेल्दै ३ गोल गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युभेन्टसले भित्र्यायो ब्राजिलियन युवा स्ट्राइकर
Next post सुजलले गरे मच्छिन्द्रसँग सम्झौता नवीकरण
Close