किएसाको गोलमा हारबाट जोगियो युभेन्टस
Read Time:1 मिनेट
इटालियन सिरिएमा युभेन्टस हारबाट जोगिएको छ। दोस्रो हाफका विंगर फेडेरिको किएसाले गरेको गोल मद्दतमा युभेन्टसले नापोलीसँग १–१ गोलको बराबरी खेलेको हो।
युभेन्टसको मैदानमा अग्रता नापोलीले लियो । २३औं मिनेटमा डियर्स मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
घरेलु मैदानमा किएसाले ५४औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए । खेलमा दबाब बनाए युभेन्टसले थप गोल गर्न सकने ।
युभेन्टसले ४४ प्रतिशत बल पेजेसन बनाए पनि नापोलीको पोस्टमा २२ सट प्रहार गरेको थियो, जसमध्ये ५ सट फ्रेममा थियो । यता, नापोलीले १६ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।
यस बराबरीसँगै ३५ अंकका साथ युभेन्ट्स लिगको पाँचौं स्थानमा छ भने नापोली ४० अंकका साथ तेस्रो स्थानमा छ ।