सिरि एमा युभेन्टसको पहिलो जित

इटालियन सिरि एमा युभेन्ट्सले पहिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै युभेन्टसले स्पेजिआमाथि ३–२को जित निकाल्यो ।

खेलमा युभेन्टसका लागि मोइस केन, फेडेरिको किएजा र म्याथिस डि लिग्टले गोल गरे भने स्पेजिआका इमानुयल ग्यासी र जनिस एन्टिस्टले गोल गरेका थिए।

खेलमा २८औं मिनेटमा मोइस केनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । तर, ग्यासीले ३३औं मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफको खेल १–१ गोलको बराबरीमै सकियो । तर, ४९औं मिनेटमा स्पेजिआले पुनः अग्रता लियो । उसका एन्टिस्टले गोल गरेका थिए । ६६औं मिनेटमा किएजाले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि ७२अचौं मिनेटमा डि लिग्टले गोल गर्दै युभेन्टसलार्य जित दिलाए।

युभेन्टसको यो लिगमा पहिलो जित हो। ५ खेलमा १ जित, २ बराबरी र २ हारको सामाना गरेको युभेन्टस ५ अंकका साथ १२औं स्थानमा छ। स्पेजिआको ४ अंक छ ।

Facebook Comments Box