बार्सिलोनाले बेच्यो आर्थुर, प्रशिक्षक सेटिन भन्छन्– बार्साले उनीजस्तो खेलाडी पाउँदैन

स्पेनिस क्लब बार्सिलोनाले प्रतिभावान ब्राजिलियन मिडफिल्डर आर्थुर मेलो बेचेको छ । बार्सिलोनाले २३ वर्षीय आर्थुरलाई ७० मिलिनय युरोमा सिरि ए क्लब युभेन्ट्सलाई बेचेको हो ।

आर्थुरले युभेन्ट्ससँग ५ वर्षे सम्झौता गरेका छन् । अब उनी सन् २०२५मा टुरिनमा रहनेछन् । आर्थुरले ५ प्रतिसेसन तलब र २ मिलियन बोनस पाउने छन् ।

सन् २०१८ मा ब्राजिलिन क्लब ग्रेमियोबाट बार्सिलोना आएका आर्थुरले ७२ खेल खेल्दै ४ गोल गरेका छन्। जाभाीसँग तुलना गर्दै बार्सिलोनाले उनलाई भित्र्याएको थियो । प्रशिक्षक क्वेक सेटिनले आर्थुरलाई बार्सिलोनामै राख्न चाहेका थिए ।

आर्थुर बेच्ने क्लब व्यवस्थापनको निर्णयमा असहति जनाउँदै सेटिनले आर्थुर जस्तो क्षमतावान खेलाडी पाउन बार्सिलोनालाई निकै कठीन हुने बताएका छन् । ब्राजिलियन राष्ट्रिय टिमका सदस्य आर्थुरले बार्सिलोनाबाट १ लालिगा र १ सुपर कोपा जितेका छन् ।

आर्थुरलाई युभेन्ट्सका पठाएको बार्सिलोनाले युभेन्ट्सबाछ मिडफिल्डल मिरालेम पियानिचलाई ल्याएको छ । पियानिचलाई भित्र्याउन बार्सिलोनामा ६० मिनलियन युरो खर्चियो । बोनिस्या एण्ड हजगोभिनाका पियानिच सन् २०१६मा रोमाबाट युभेन्ट्स आएक थिए ।

युभेन्ट्स र बार्सिलोनाबीच गत शनिबार खेलाडी किनेबेचमा सहमति भएको बताइएको छ । दुवैको खेलाडीको सम्झौता बारे आजै औपचारिक घोषणा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *