मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्स विजयी

सिजनको तयारीमा रहेका बार्सिलोना र युभेन्ट्सले मैत्रीपूर्ण खेलमा जित निकालेका छन् । शनिबार राति भएका खेलमा स्पेनिस क्लब बार्सिलोनाले जिरोनलाई ३–१ले हराउँदै इटालियन क्लब युभेन्ट्सले पनि केसेनालाई ३–१ले नै हरायो।

शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, रे मान्ज र जेरार्ड पिकेले गोल गरे। जिरोनाका स्यामुअल सइजले गोल गरेका थिए।

खेलमा जेरार्ड पिकेले २१औं मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे भने २४औं मान्जले बार्सिलोनाका लागि दोस्रो गोल गरे। ४२औं मिनेटमा सइजले पेनाल्टीमा गोल गर्दै जिरोनालाई खेलमा फर्काउने प्रयास गरे। तर, ८४आँैं मिनेटमा डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–१को जित दिलाए। बार्साका लाडि डिपेको यो पहिलो गोल हो।

यसैगरी शनिबार राति भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन कोनी डे विन्टरले पाँचौं मिनेटमा गोल गरे भने वेस्टन म्याकेनीले ३४औं मिनेटमा दोस्रो गोल गरे । ३६अ‍ैं मिनेटमा केसेनाका क्रिस्टियन स्पेनडिनले गोल गरे । यस्तै, माटिस सउल माल्वानोले ६६औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ३–१को जित दिलाए।

Facebook Comments Box