पोर्टोसँग अबे गोलमा पछि पर्‍यो युभेन्ट्स, लागतार दोस्रो पटक अन्तिम १६बाटै बाहिरियो

च्याम्पियन्स लिगका सबैभन्दा सफल खेलाडी पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा अबे गोलमा पछाडि परेको छ। दोस्रो लेगमा ३–२को जित निकाले पनि पोर्चुगिज क्लब एसफसी पोर्टोसँग अबे गोलमा पछाडि परेपछि युभेन्ट्स लगातार दोस्रो पटक च्याम्यियन्स लिगको अन्तिम १६बाटै बाहिरियो।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्ट्स बाहिरिएको हो । पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २–१ ले पराजित गरेको थियो । खेल समग्रमा ४–४को बराबरी भएको थियो ।तर, अबे गोलमा युभेन्ट्स पछाडि रह्यो।

युभेन्टसको मैदानमा भएको खेलको १९औं मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ‌। तर, खेलको ४९औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।

५४औं मिनेटमा मेहेदी टेरेमी रातो कार्ड पाउँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा समेटियो । त्यसैको फाइदा उठाउँदै ६३औं मिनेटमा चिएसाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । त्यसपछि कुनै गोल नहुँदा निर्धारित ९० मिनेटको खेल ३–३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो । जसमा दुवै टिमले समान एक गोल गरे । फाइदा भने पोर्टोलाई नै भयो । ११५औं मिनेटमा पोर्टोका सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ११७औं मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए । तर यो जित युभेन्टसलाई क्वाटरफाइनलमा पुर्‍याउन पर्याप्त भएन।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.