सिरि एमा यभेन्टस र इन्टर मिलानको जित

SHARE TO:
Read Time:1 Minute

इटालियन सिरि एमा युभेन्टस र इन्टर मिलान विजयी भएका छन्। आइतबार राति भएको खेलमा युभेन्टसले भेनेजियालाई २–१ ले हराउँदा इन्टर मिलानले उडिनेसमाथि पनि २–१ कै जित निकाल्यो ।

युभेन्टसको जितमा डिफेन्डर लियोनार्दो बोनुचीले दुई गोल गरे। खेलको सातौं मिनेटमा बोनुचीले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ७१ औं मिनेटमा माटिया अरामुले गोल गर्दै भेनेजियालाई बराबरीमा ल्याए।

खेलको ७६ औं मिनेटमा बोनुचीले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए। जितसँगै चौथो स्थानमा रहेको युभेन्टस्‌ले ३५ खेलमा ६९ अंक जोडेको छ। भेनेजिया २२ अंक जोडेर पुछारमा रहेको छ।

आइतबार राति नै सम्पन्न अर्को खेलमा उपाधि होडमा रहेको इन्टर मिलानले उडिनेसलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए।

३९औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ७२औं मिनेटमा पुसेट्टोले गोल गर्दै उडिनेसलाई २–१ मा ल्याए। बाँकी समय दुवै टोलीमा थप गोल हुन सकेन।

जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले ३५ खेलमा ७५ अंक जोडेको छ। उडीनेजे ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post हाइस्कोरिङ म्याचमा चेन्नईको १३ रनको जित
Next post दोस्रो टि–२०मा जिम्बाबे एसँग भिड्दै नेपाल
Close