रोनाल्डोविनाको युभेन्टस विजयी

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डविना मैदान उत्रिएको युभेन्टसले सिरि ए अन्तर्गत शनिबार राति भएको खेलमा जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले एसी मिलानलाई २–१ ले पराजित गरेको हो ।

एसी मिलानविरुद्धको जितसँगै युभेन्टसले शीर्ष स्थानमा २१ अंकको अग्रता कायम गरेको छ । सिरि एमा १ खेल मात्र गुमाएको युभेन्टसको ८४ अंक छ भने दोस्रो स्थानमा नेपोलीका ६३ अंक छ ।

यस्तै, ५६ अंकका साथ इन्टर मिलान तेस्रो, ५२ अंकका साथ एसी मिलान चौथो र ५१ अंक जोडेको एट्लान्टा पाचौं स्थानमा छ ।

एक गोलले पछि परेको अवस्थामा युभेन्टसलाई जित दिलाउन पाउलो डिबाला र युवा स्ट्राइकर मोइस कइनले गोल गरे भने मिलानका लागि क्रिजेस्टोफ पियाटकले गोल गरेका थिए ।

पियाटकले ३९ औं मिनेटमा गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ६० औं मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । डिबालालाई डिबक्समा मिलानका खेलाडीले लडाएपछि युभेन्टसले पेनाल्टी पाएको थियो ।

खेलको ८४ औं मिनेटमा इटालीका युवा स्ट्राइकर मोइस केइनले गोल गर्दै युभेन्ट्लाई जित दिलाए । उनी ६६ औं मिनेटमा डिबालाको स्थानमा मैदान प्रवेश गरेका थिए । पछिल्लो समय उनले देश र क्लबका लागि खेलका ४ वटै खेलमा गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP