रोमामाथि युभेन्टसको उत्कृष्ट पुनरामगन जित

इटालियन सिरि ए अन्तर्गत आइतबार राति भएको रोमाञ्चक खेलमा युभेन्टस विजयी भएको छ। आइतबार राति भएको खेल दुई पटक पछि परेको अवस्था उल्टाउँदै युभेन्टसले रोमामाथि ४–३को जित निकाल्यो ।

खेलमा अग्रता रोमाले ११ औं मिनेटमा टमी अब्राहमको गोलबाट लिएको थियो । पाब्लो ड्याबालाले १८ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । हेनरिख मिखितारियानले ४८ औं मिनेटमा पुन घरेलु टोली रोमालाई अघि बढाएका थिए । लोरेन्जो पेलेग्रिनीले गोल गर्दै रोमालाई ३–१ को अवस्थामा ल्याए।

तर तीन मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्टस खेलमा फर्कियो । अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै ७०औं मिनेटमा म्यानुअल लोकाटेलीले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए । ७२औं मिनेटमा डेजान कुलुसेवस्कीले युभेन्टसलाई ३–३ को अवस्थामा ल्याए।

माटिया डि सिग्लियोले ७७ औं मिनेटमा युभेन्ट्सका लागि विजयी गोल गरेका थिए । खेल सकिन ७ मिनेटअघि रोमाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । तर, लोरेन्जो पेलेग्रिनीको प्रहार असफल भएपछि रोमाले बराबरीको अवसर गुमाएको थियो ।

प्राप्त जितसँगै युभेन्ट्स ३८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । रोमा ३२ अंक सहित तालिकाको सातौं स्थानमा छ ।

Facebook Comments Box