सिरि एमा युभेन्ट्सको पुनरागमन जित

इटालियन सिरी ‘ए’ मा युभेन्टसले पुनरागमन जित निकालेको छ। सोमबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै युभेन्टसले सासुओलोमाथि २–१ को जित निकालेको हो।

खेलको ३८औं मिनेटमा जियाकोमा रास्पाडोरीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ४५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए। ८८औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए।

जितसँगै चौथो स्थानमा रहेको युभेन्टसले ३४ खेलमा ६६ अंक जोडेको छ। ससुओलो ४६ अंक जोडेर दशौँ स्थानमा रहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा
Next post अर्जेन्टिनासँगको खेलपछि चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने
Close