युभेन्टस कोपा इटालियाको फाइनलमा

Read Time:1 Minute

युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फयोरेन्टिनामाथि २–०को जित निकाल्दै युभेन्टस फाइनलमा पुगेको हो।

पहिलाले लेगमा १–०ले विजयी भएको युभेन्टसले समग्रमा ३–०को जित निकालेको हो। दोस्रो लेगमा युभेन्टसलाई जित दिलाउन फेडेरिको बेर्नान्डेस्की र डानिलोले गोल गरे।

खेलको ३२औं मिनेटमा बेर्नान्डेस्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाए।

अब युभेन्टसले उपाधिका लागि इन्टर मिलानसँग खेल्ने छ। मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३–०ले हराउँदै इन्टर फाइनलमा पुगेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post चेल्सीमाथि आर्सनलको सानदार जित
Next post जिम्बाबे ए विरुद्ध नेपाली टिम : सुनिल धमला लामो समयपछि टिममा, युवा अलराउन्डर बसिरलाई मौका
Close