रोनाल्डोले दुई गर्दा हारबाट जोगियो युभेन्ट्स

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि इटालियन सिरि एमा युभेन्ट्स हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा रोनाल्डोको २ गोल मद्दतमा युभेन्ट्सले एट्लान्टासँग २–२ गोलको बराबरी खेलेको हो ।

युभेन्ट्सका घरेलु मैदान एलिनाज स्टेडियमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुई पटक पछि परेको अवस्थामा युभेन्ट्सले बराबरी गरेको हो । १६औं मिनेटमा डुवाइन जापाटाको गोलमा एट्लान्टाले सुरुवाती अग्रता लियो ।

पहिलो हाफ १–०मै सकियो । ५५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । एट्लान्टाका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए । ८०औं मिनेटमा रुस्लान मिलानोस्कीले गोल गर्दै पुनः एट्लान्टालाई अग्रता दिलाए । ९०औं मिनेटमा युभेन्ट्सले पुनः पेनाल्टी पायो । त्यो अवसरलाई रोनाल्डोमा परिणत गर्दै युभेट्सलाई हारबाट जोगाए ।

एट्लान्टाविरुद्धको दुई गोलसँगै रोनाल्डोले सिरि एमा यो सिजन आफ्नो गोल संख्या २८ पु¥याएका छन् । रोनाल्डो सिरि एको टप स्कोरर बन्न १ गोलले मात्र पछि छन् । २९ गोल गरेका लाजियोका किरो इम्मोबिले शीर्ष स्थानमा छन् । यस्तै, रोनाल्डो युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा पनि अगाडि आएका छन् । यो दौडमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की अगाडि छन् । उनले ३४ गोल गरेका छन् ।

बराबरीपछि युभेन्ट्सले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । ६ खेल बाँकी रहँदा युभेन्ट्सको ७६ अंक छ भने ६८ अंकका साथ लाजियो दोस्रो स्थानमा छ । यस्तै ६७ अंकका साथ एट्लान्टा तेस्रो स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.