रोनाल्डोले गोल गरेपछि रोकियो युभेन्ट्स

पोर्चुगिज स्टार स्ट्राइर क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि युभेन्ट्सलाई जित दिलाउन सकेनन्। शनिबार राति रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्स भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो।

दोस्रो हाफको सुरुवातमा क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले आन्द्रे पिर्लोको टोलीले खेलमा अग्रता बनाएको थियो । यो सिजन लिगमा उनको १९ औँ गोल थियो । उनी सिरिए ए को गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।

तर, खेलको ७७ औँ मिनेटमा निरस खेल प्रदर्शन गरेको युभेविरुद्ध एन्टोनिन बाराकले बराबरी गोल फर्काए । खेलको अन्त्यतिर वोजिएक सिजेस्सीले डार्को लाजोभिचको प्रहारलाई सुन्दर बचाऊ गर्दै युभेलाई हारबाट जोगाए ।

अब आइतबार जेनोआलाई हराए इन्टरले पछिल्लो ९ पटकको विजेता युभेलाई १० अंकले पछि पार्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.