हाम्जा राफियालाई कोरोना संक्रमण देखिएपछि युभेन्टसको टिम आइसोलेशनमा

आफ्ना सहकर्मी हाम्जा राफियालाई कोरोना संक्रमण देखिएपछि युभेन्ट्सका पुरै टिम आइसोलेनसमा बसेको छ। गतसाता मात्र प्रशिक्षणमा सामेल भएका राफियाले बिहीबार मात्र संक्रमण देखिएको थियो।

अब कोरोना परीक्षण गरेपछि मात्र टिम प्रशिक्षणमा फर्किने छ । राफियालाई भने १० दिन होम आइसोलेसनमा राखिएको छ।

टिम नै आइसोलेसनमा बसेपछि युभेन्टसको तयारी पनि प्रभावित बनेको छ। उ स्पेनिस क्लब बार्सिलोनाविरुद्ध हुने जोन ग्याम्पर ट्रफीको तयारी गरिरहेको थियो ।

जोन ग्याम्पर ट्रफी अगस्ट ८ मा क्याम्प नेउमा हुने तालिका छ। राफियाले बार्सिलोनासँगको खेल समेत गुमाउने छन् ।

राफिया सन् २०१९मा लियोनबाट युभेन्टस आएका हुन् । उनले युभेन्टसको यू–२३ टिमबाट सिरिए सीमा ५० खेल खेलिसकेका छन्।

Facebook Comments Box